८ जेष्ठ २०८१, मंगलवार

 

बागलुङ कांग्रेस पार्टीको भवनलाई १४ लाख बजेट, तमानखोला गाउँपालिका कार्यालयमा माओवादी केन्द्रद्वारा तालाबन्दी

बागलुङ । नेकपा माओवादी केन्द्र तमानखोला गाउँ कमिटीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ।

गाउँपालिकाको चौधौ गाउँ सभाबाट नेपाली कांग्रेसको पार्टी कार्यालय बागलुङको भवन निर्माणको लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै तालाबन्दी गरिएको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष छवि श्रीपालीले जानकारी दिए ।

नेपाली कांग्रेसको पार्टी कार्यालय वीपि स्मृति भवनको लागि गाउँपालिकाले १४ लाख वजेट विनियोजन गरेको भन्दै माओवादी केन्द्रबाट निर्वाचित सदस्यले असहमति जनाएका थिए ।

बिहिबारको गाउँसभाले वीपि स्मृति भवनको लागि एकल बहुमतबाट बजेट विनियोजन गरेको भन्दै नेकपा माओवादी केन्द्र तमानखोलाका सचिव छवि श्रीपालीको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरिएको हो ।

‘जनताको लागि आएको बजेट कुनै पार्टी कार्यालय निमार्णको लागि विनियोजन गर्नु गलत हो,’ सचिव श्रीपालीले भने, ‘हाम्रो कुराको सुनुवाई नगरी एकल रुपमा अगाडी बढेपछि कार्यालयमा तालाबन्दी गरेका हौं

।’तमानखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष थमबहादुर रोका, तमानखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नारायण सुनार, वडा नं ४ का वडा अध्यक्ष छवि श्रीपालीलगायत माओवादी केन्द्रका ११ जना गाउँसभा सदस्यले तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्