५ कार्तिक २०८३, बुधबार

 

भुसिया कुकुरको आतंक बढ्यो, बेखबर बागलुङ नगरपालिका

बागलुङ । बागलुङ बजारमा भुसिया कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको छ।

यो समस्या विगत दुई महिनादेखि देखिए पनि बागलुृङ नगरपालिकाले कुनै सक्रियता देखाएको छैन् । दैनिक रुपमा भुसिया कुकुर टोकेको घट्ना बढ्न थाले पनि यस्तो अति सार्वजनिक महत्वको विषयमा तुरुन्त कदम नचाल्दा सर्वसाधारण नागरिकले जोखिम मोलेर यात्रा गर्नु परेको छ ।

भुस्याहा कुकुरबाट बढीजसो पैदल यात्रु, विद्यार्थी, जेष्ठ नागरिक, मर्निङवाकमा निस्कनेहरू, अनि मोटरसाइकल चालकहरू पीडित छन् । यिनै कुकुर सवारी दुर्घटनाको कारकसमेत बनिरहेका छन् । यस विषयमा प्रत्येक दिन नगर नेतृत्वलाई जनताले गुनासो गर्दा पनि यस विषयमा नगरपालिका गम्भीर देखिएको छैन् ।

कुकुरको बन्ध्याकरण गरी संख्या घटाउनेको लागि बानपा ३ बाजा खेतमा कुकुर होस्टेल सुरु गर्ने भनिए पनि कहिलेदेखि यो निर्णय कार्यन्वयन हुन्छ र नागरिकले भुसिया कुकुरबाट मुक्ति पाउछन नगरवासीहरुले प्रश्न गर्न थालेका छन् ।

भुसिया कुकुरलाई नियन्त्रण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चोक, चोकबाट छाडा कुकुर उठाएर बन्ध्याकरण गर्ने भनिएपनि आजसम्म बन्ध्याकरण सुरु गरेको छैन् ।

बजारमा कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाईबाट घाईते बन्नेहरुको संख्या पनि बढिरहेको छ। जस्ले गर्दा रेबिज संक्रमणको खतरा पनि बढेको छ ।

धौलागिरि अस्पतालका सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारी भन्नु भयो  ‘गत पुषसम्म ३५१ जना कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न अस्पतालमा आएका छन्।२०७९ सालमा १४२९ जनाले अस्पतालमा आएर रेविजको सुइ लगाएका थिए ।’

‘अहिले दैनिक जसो कुकुरको टोकाइबाट उपचार गर्न बिरामी अस्पताल आउँछन्’ भण्डारीले भन्नु भयो।

‘भुसिया कुकरलाई नियन्त्रण गर्न र समयमै बन्ध्याकरण गराउन बागलुङ नगरपालिकालाई र भेटेरिनरी अस्पताललाई तत्काल कदम चाल्न भनेको छु’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung