१५ बैशाख २०८१, शनिबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको संयोजकमा सोनी श्रेष्ठ

काठमाडौ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौ, महिला समूहको दशौं भेलाले सोनी श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । सोमबार काठमाडौंमा सम्पन्न भेलाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा मन्दिरा श्रेष्ठ, सचिव मन्जु राजभण्डारी र कोषाध्यक्षमा शैब्या विजुक्छे रहेका छन् । समितिको सदस्यहरूमा कल्पना राजभण्डारी , अमिता श्रेष्ठ, निर्मला बडगामी, सृजना हाडा, संगम भारी, सहनशीला शाक्य, सरर्जला राजभण्डारी चयन भएका छन् ।

नयाँ कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ ।कार्यक्रममा समाजका सचिव मन्दिरा श्रेष्ठले प्रगति प्रतिवेदन, सह संयोजक सोनी श्रेष्ठ आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गुठी संचालन गर्नु हुने शैव्य प्रधान, सरर्जला राजभण्डारी, सृजना हाडा राजभण्डारी, मन्जु राजभण्डारी, अन्सु राजभण्डारी, अमिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बागलुङ समाज कल्याण केन्द्र काठमाडौ, महिला समूहका संस्थापक अध्यक्ष चमेलि शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठ ,धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्यले बागलुङ समाज कल्याण केन्द्र महिला समूहले छोटो समयमा धेरै सकारात्मक काम गरेको बताउनु भयो ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौ, महिला समूहका संयोजक विजया राजभण्डारीको अध्यक्षता, सहसंयोजक सोनी श्रेष्ठको स्वागत र संचालन सचिव मन्दिरा श्रेष्ठले गर्नु भएको थियो ।

महिला समूहले महिलाहरुको नेतृत्व विकास गर्नुको साथै शैक्षिक, सामाजिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

समूहले आफ्नो गृह जिल्ला बागलुङमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई हरेक वर्ष शैक्षिक सामग्री खुट्टामा जुत्ता र न्यानो कपडा वितरण गर्दै आएको छ ।समाजले विभिन्न रोग लागेर उपचार गर्न नसकेका विपन्न व्यक्तिलाई २५ हजार आर्थिक सहयोग गर्दै आएको छ।

महिला समूहले बागलुङका जेष्ठ नागरिकलाई सम्मान गर्न १ लाखको अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट खर्च गर्ने गरेको समाजका निर्वतमान अध्यक्ष विजया लक्ष्मी राजभण्डारीले जानकारी दिनु भयो ।

चमेली शाक्यको नेतृत्वमा २०६४ सालमा स्थापना भएको महिला समूहको ७१ लाख ८० हजारको कोष पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्