४ कार्तिक २०८३, मंगलवार

 

जैमिनीमा नेतृत्व विकास तालिम

बागलुङ । जैमिनी नगरपालिकाको आयोजनामा वडा न- १ कुश्मीसेरामा महिला तथा दलित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यस प्रकारका कार्यक्रमहरुले जनप्रतिनिधिहरुमा आत्मविश्‍वास अभिवृद्धि हुने बताए । उनले तालिमले जनप्रतिनिधिमा कार्यदक्षता वृद्धिमा पुग्ने बताउनु भयो ।

सबै वर्ग, समुदाय, क्षेत्रको लागि निष्पक्ष भएर सेवा प्रवाह गर्न सकेमा हामीले परिकल्पना गरेको जस्तो समतामुलक समाज निर्माणमा टेवा पुग्ने शर्माको भनाई छ ।।

तालिममा अधिवक्ता तारा शर्माले विद्यायकी अधिकार र महिला सशक्तिकरणमा संवैधानिक व्यवस्थाका विषयमा सहजिकरण गरेका थिए । जैमिनी नगरपालिकाका लेखा अधिकृत सूर्य बहादुर विकले स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया र प्रवृतिका विषयमा प्रस्तुति गरेका थिए ।

पूर्व उपसचिव तथा अधिवक्ता लक्ष्मी जिसी कार्कीले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र स्थानीय तहमा जनप्रतिनिधिको काम तथा कर्तव्यका विषयमा प्रस्तुतीसँगै छलफल भएको तालिम कक्षामा नेपाल जेसीजका पूर्व राष्‍ट्रिय उपाध्यक्ष सुदिप राजभण्डारीले प्रभावकारी भाषण कला तथा नेतृत्‍व र व्यक्तित्व विकास र सिताराम थापाले सामाजिक संरचना र जातीय व्यवस्था लगायतका विषयमा सहजिकण गरेका थिए ।

जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेल सहित सहभागीहरुको तर्फदेखि जैमिनी नगरपालिका वडा नं-९पैयुथन्थापकी वडा सदस्य मिना परियार र बागलुङ नगरपालिका वडा नं। ६ का वड सदस्य शान्ता नेपालीले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung