१६ बैशाख २०८१, आईतवार

 

फागुन १ जनयुद्ध दिवसमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

बागलुृङ । सवोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक विदा नदिने आदेश गरेपनि बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते अर्थात जनुयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको कार्यापालिकाले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा गरेको सूचना अधिकारी जित बहादुर सुनारले जानकारी दिए ।

देशको राजनैतिक,सामाजिक,सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने शहिदहरुको ठूलो योगदान रहेकोले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धन बहादुर विकले बताए ।

पालिका भित्रका सरकारी कार्यालयलाई जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने बारे सबैलाई सूचना समेत जारी गरेको छ ।

जनयुद्धको केन्द्र समेत रहेको ताराखोला गाउँपालिकाले प्रत्येक वर्ष शहिद सप्ताह र सहित सम्मानको कार्यक्रम आयोजना गर्दै दिवस मनाएपनि यस पालि फागुन १४ गते शहिद सम्मान कार्यक्रम राखेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्