२७ बैशाख २०८१, बिहीबार

 

बागलुङका एसपी योगेन्द्र कुमार खड्काको सरुवा, ऋषिराम कँडेल आउने

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काको सरुवा भएको छ ।

खड्काको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा सुरुवा भएको छ । बागलुङमा नयाँ प्रमुखको रुपमा एसपी ऋषिराम कँडेल आउनुहुने भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ मानव श्रोत व्यवस्थापन शाखामा रहनु भएका कँडेलको जिल्ला प्रहरी कार्यालय बागलुङमा सरुवा भएको हो । बुधबार प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले फागुन १ गतेको निर्णयअनुसार फागुनको तलब भत्ता सम्बन्धि सरुवा भएको स्थानबाटै पाउने गरे ७८ जना एसपीको सरुवारकाज गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्