१५ बैशाख २०८१, शनिबार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले आमालाई सम्मान गर्ने

काठमाडौं । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं, महिला समूहले ७५ वर्षमाथिका आमालाई सम्मान गर्ने भएको छ ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहको बैठकले सम्मान गर्ने निर्णय गरेको महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले नयाँ विश्वलाई बताइन् । उक्त सम्मान कार्यक्रम आगामी १५ गते हुने भएको छ । आमाले आफनो सन्तान्, परिवार र समाजको लागि गरेको त्याग, बलिदान र संघर्षको उच्च कदर गर्दै उक्त सम्मान कार्यक्रम तय भएको उपाध्यक्ष मन्दिरा श्रेष्ठले बताइन् ।

महिला समूहले भविष्यमा महिलाको सशक्तिकरण र नेतृत्व विकासको लागि नयाँ कार्यक्रम पनि ल्याउने भएको छ ।

बैठकमा महिला समूहकी संस्थापक अध्यक्ष चमेली शाक्य र बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ पनि उपस्थिति रहेको थियो । बैठक बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको अध्यक्षता र सचिव मन्जु राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

लामो समयदेखि महिला समूहले महिलाको नेतृत्व विकासमा ध्यान केन्द्रीत गर्नुको साथै सामाजिक, शैक्षिक, धार्मिक र जनस्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्