१५ बैशाख २०८१, शनिबार

 

बागलुङ महिला समाज कल्याण केन्द्रको अध्यक्षमा मिला राजभण्डारी

बागलुङ । बागलुङ महिला समाज कल्याण केन्द्रको दोस्रो वार्षिक साधारणसभाले मिला राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिबार बागलुङ बजारमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा जुनु श्रेष्ठ, सचिवमा निरु जोशी, कोषाध्यक्षमा मनकामना श्रेष्ठ सहसचिवमा गिता श्रेष्ठ, सहकोषाध्यक्ष सुनीता श्रेष्ठ रहेका छन् ।

साथै सदस्यहरुमा रमा श्रेष्ठ, हिमाली बज्राचार्य, इन्दु वझा, रम्भा शाक्य, सविता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विजया श्रेष्ठ, पविना भारी, सरिता राजभण्डारी, अर्पणा श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ रहेका छन् ।

बागलुङ महिला समाज कल्याण केन्द्रकी नवनिर्वाचित अध्यक्ष मिला राजभण्डारीले महिला समाजको संस्थागत विकास र महिलाको सशक्तिकरणको लागि सबैसँग सहकार्य गर्ने बताउनु भयो ।

नवनिर्वाचित कार्यसमितिलाई बागलुङ महिला समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्