२१ बैशाख २०८१, शुक्रबार

 

सरकार पुनर्गठन : पहिलो चरणमा पदम गिरी, हितबहादुर तामाङ र डिपी अर्याल मन्त्री बन्दै

काठमाडौं । सानो आकारको मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुग्नु भएको छ ।

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिनु भएको छ । प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लाग्नु भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी , नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराउनु भएको छ ।

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्