१७ बैशाख २०८१, सोमबार

 

नारी दिवसमा अध्यक्ष सोनी श्रेष्ठ सम्मानित

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तीस जना प्रेरक महिलालाई सम्मानित गरेको छ ।

सामाजिक कार्यमा सक्रिय महिला समाजसेवी बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठलगाएत तीस जना महिलालाई राष्ट्रिय नारी सम्मान-२०८० बाट सम्मान गरिएको हो ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित समारोहका बीच पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले श्रेष्ठलाई कदर पत्र, खादा र दोसल्ला ओढाएर सम्मानित गर्नु भएको हो ।

उक्त कार्यक्रममा महिला हिंसा तथा चेलिबेटी बेचविखनका विरुद्धमा निर्मित सन्देश मूलक लघु नाटक चेतनाको प्रदर्शनी एवंम मुलुकको वर्तमान अवस्थामा महिलाहरुको भूमिका विषयक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा अपाङग, अनाथ र असहाय बालबालिकाको सहयोगार्थ वृहत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्