१५ बैशाख २०८१, शनिबार

 

ताराखोलामा मनाइयो ११४ औँ अन्तराष्ट्रिय महिला दिवस

बागलुङ । ताराखोला गाउँपालिकाले ११४औँ अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।

ताराखोला गाउँपालिका महिला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा मगरले अहिले महिलाहरुको लागि धेरै हक अधिकारहरु पाउने क्रम बढ्दो रहेको बताईन् ।

केही वर्ष अघिसम्म शिक्षाबाट बञ्चित हुनु परेको बताउँदै पछिल्लो समय महिलाहरुले अधिकार उपभोग गर्न थालेको बताइन् ।

‘पहिले देशमा महिलाहरुलाई पढ्नबाट बञ्चित गर्दथे तर अहिले हरेक स्थानीय तहमा महिलाको सहभागिता रहेको छ’ उनले भनिन्–‘यो अवसरले महिलाहरु राम्रो–राम्रो पदमा पनि पुगेका छन् ।’

उनले ताराखोलाको निर्माणाधिन शहीद मार्गको लागि आर्थिक सहयोग गर्न पहल गर्ने बताइन् ।

ताराखोला गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोकाले आफु स्थानीय तहमा प्रवेश गरेसँगै महिला, दलित, अल्पसख्यक जस्ता कुरामा सञ्जाल निर्माण गरि अगाडी बढेर गरेको बताए ।

ताराखोला गाउँपालिका – १ का वडा अध्यक्ष यमबहादुर श्रीसले फरक–फरक ठाउँमा कार्यक्रम गरिने बताए ।

कार्यक्रममा गौरी माया गुरुङ, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष ललिता थापा, संस्थापक अध्यक्ष प्रकाश घर्ती, संस्थापक उपाध्यक्ष दिलकुमारी पुनले मन्तव्य व्यक्त गरेका थिए ।

दिवसको अवसरमा आयोजित रस्साकसीमा १० टिमको सहभागिता मध्य वडा न-१ (ए) प्रथमलाई थरमस, द्धितिय वडा नं. ४(ए) लाई एलेक्ट्रिकल जग, तितृय वडा नं.४ (बि) लाई गमला र सान्तवना भएको वडा नं. ५ (बि) लाई गमला प्रदान गरेको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना थापाले जानकारी दिइन् ।

बक्तृत्व कलामा प्रथम वडा नं. ५ का सन्ध्या सापकोटा, द्धितिय वडा नं. ३ का रिता बिक, तृतिय वडा नं. ५ काकमलारोका र सान्त्वना वडा नं. २का दिलमायाँ घर्तिलाई करुवा उपलब्ध गराइएको थियो ।

समाज सेवामा क्रियाशिल वडा नं २की गौमति घर्ती र शशि छन्त्याल र वडा नं २ का छात्रा सम्मान कार्यक्रममा अर्गल माविका आईसा पुन र जनप्रेम माध्यामिक विद्यालयका लालमति विकलाई स्टेसनरी सामग्री प्रदान गरिएको सम्झना थापाले बताइन् ।

तुलमाया निउरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सम्झना थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्