१५ बैशाख २०८१, शनिबार

 

कानुन कार्यान्वयनमा कुनै सम्झौता हुँदैन : प्रहरी उपरीक्षक कँडेल

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नागरिकको सुरक्षा र समाजमा अमनचयन कामय राख्ने प्रहरीको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानुन कार्यान्वयनमा कुनै सम्झौता नहुने बताउनु भयो । कँडेलले जिल्लामा शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने बताउनु भयो ।

साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताउनु भयो । पछिल्लो समय साइबर अपराध र लागु औषध समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो ।

जिल्लामा शान्ति, सुरक्षालाई मजबुत बनाउने विषयमा आफू कटिबद्ध भएर लाग्ने बताउनु भयो । प्रहरी कार्यालयबाट उपलब्ध हुने सबै खाले सूचना प्रवाहमा कुनै पनि समस्या नहुने बताउँदै सूचनाहरू सबैले सहज रूपमा प्राप्त गर्ने वातावरणको सिर्जना हुने बताउनु भयो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सरूवा भएर बागलुङ आउनु भएका प्रहरी उपरीक्षक कँडेलले प्रहरीलाई कुनै पनि दवाव र प्रभावमा परेर काम नगर्ने बताउनु भयो ।

आफू जिल्लामा बसुन्जेल जिल्ला प्रहरी कार्यालय बागलुङ कुनै पनि दवाव र प्रभावमा नपरिकन काम गर्ने सबैलाई न्याय बराबर हो भन्ने अनुभुती दिलाउने गरि काम गर्ने प्रहरी उपरीक्षक कँडेलले भनाई छ ।

बागलुङको बारेमा आफूले धेरै बुझिसकेको हुदा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम गर्न भूमिका खेल्ने कँडेलले बताउनु भयो ।

प्रहरीलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्दै प्रविधिमैत्री बनाएर लैजाने योजना बनाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्