१६ बैशाख २०८१, आईतवार

 

गलकोट नगरपालिकाले मनायो सातौँ स्थापना दिवस, घुम्टे पत्रकारिता पुरस्कार वीरबहादुर चोखाललाई

गलकोट । गलकोट नगरपालिकाले सातौँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य जीत बहादुर शेरचनले गलकोट प्रकृति र संस्कृतिको क्षेत्रमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यी दुईको सहि तरिकाले सदुपयोग गरेमा विकासको क्षेत्रमा फड्को मार्न सकिने बताउनुभएको छ ।

उहाँले संविधानमा उल्लेख गरिएका अनुसुचीलाई स्थानीय सरकारले सहि तरिकाले प्रयोग गरेमा समृद्ध नगर निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । शेरचनले प्रदेश सरकार र केन्द्र सरकारको अनुदानमा मात्रै निर्भर नरहि नगरपालिकाले कर सङ्कलनको कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

उहाँले शिक्षा साथै स्वास्थ्यको क्षेत्रमा गलकोट नगरपालिकाले धेरै राम्रा कार्यहरुको सुरुवात गरेको बताउँदै नगरपालिकालाई कसरी आत्मनिर्भर नगरपालिका बनाउन सकिन्छ भन्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जनप्रतिनिधि मुलक संस्थाप्रति जनताको आशा र भरोसा धेरै रहेको हुँदा जनप्रतिनिधिहरुले जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थम्मन सिंह गौतम, नेपाली कांग्रेस गलकोट नगर सभापति वीररजंग भण्डारी, नेकपा एमाले गलकोट नगर इन्चार्ज तिलक उप्रेती, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर सभापती राजेन्द्र बहादुर पुन, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव वेदिलाल सापकोटा, गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट नगर कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका गलकोट नगर अध्यक्ष रामबहादुर खत्री, जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नगरपालिकाको प्रगति प्रतिवेदन, नगरपालिकाको भावी योजना, समस्या एवं चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।

सातौं नगर स्थापना दिवसको अवसरमा उत्कृष्ट करदाता केहरसिंह खत्री, उत्कृष्ट कृषक लाल बहादुर खत्री, दानबहादुर श्रीस, भलिबल खेलाडि सन्तोष बिक, उत्कृष्ट कर्मचारी गलकोट नगर अस्पतालका डा. राजेश पौडेल, नगरपालिकाका कर्मचारी बाबुराम शर्मा, सहायक कर्मचारी शर्मिला थापा, घुम्टे पत्रकारीता २०८० बाट वीरबहादुर चोखाल, उत्कृष्ट पत्रकारबाट डम्मर बुढा मगर, उत्कृष्ट प्रधानाध्यापक जनजागृती माद्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकी, उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका शावित्रा पुन, कला संस्कृति तर्फ संस्कृति संरक्षण मञ्च गलकोट नगरपालिका वडा नम्वर ८ काँडेबास, मूर्तिकार ओम खत्री, उत्कृष्ट कलाकार ईश्वर सिंह, लक्ष्मी मल्ल, नविन राना, रेशम निर्दोस, शिक्षा क्षेत्र प्राज्ञिक व्यक्तित्व डा. टिकाराम गौतम, सामाजिक संस्था तर्फ गलकोट समाज जापानलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूह तथा व्यक्तिलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका कर्मचारी र संस्कृति संरक्षण मञ्च काँडेबासले नृत्य प्रस्तुती गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी हेमन्तको स्वागत र नगर शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

घुम्टे पत्रकारिता पुरस्कार वीरबहादुर चोखाललाई

गलकोट नगरपालिकाको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिने घुम्टे पत्रकारिता पुरस्कारबाट गलकोट पत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित हुनुभएको छ ।

विगत २४ वर्षदेखि गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आउनुभएका चोखाललाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने र गलकोट नगरपालिकाका कार्यक्रमहरु सञ्चार माध्यम मार्फत आम जनसमुदायमा खबर पु¥याउन अतुलनीय योगदान पु¥याउने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्य अनुरुप गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाले जनाएको छ ।

पत्रकार चोेखालले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।

गलकोट नगरपालिका वडा नम्वर ७ मल्ममा जन्मेर वि।सं २०५६ मा महिमा साप्ताहिक हुँदै हालसम्म अनवरत रुपमा चोखाल पत्रकारितामा क्रियाशील समेत रहनुभएको छ ।

२४ वर्षदेखि पत्रकारितामा सक्रिय रही हाल गलकोटपत्र साप्ताहिकको कार्यकारी सम्पादक र सामुदायिक रेडियो गलकोट एफएमको सम्पादकका रुपमा उहाँले ग्रामीण पत्रकारितालाई जिवन्त राख्न अथक मेहनत र संघर्ष गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्