१६ बैशाख २०८१, आईतवार

 

नगरप्रमुख बसन्त कुमार श्रेष्ठ प्रधान सेनापति प्रशंसा निशानबाट सम्मानित

काठमाडौं । नेपाली सेनाको २६१ औं सेना दिवसको अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नु भएको छ ।

वार्षिकोत्सवको अवसरमा सैनिक मञ्ज टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा प्रधान सेनापति शर्माले नगरप्रमुख श्रेष्ठलाई प्रशंसा निशानबाट सम्मानित गर्नु भएको हो ।

नगरप्रमुख श्रेष्ठलाई नेपाली सेनाको तालिमको दौरान सञ्चालन गरिने विभिन्न अभ्यासको लागि जग्गा उपलब्ध गराउन निर्वाह गर्नु भएको नेतृत्वदायी एवंम समन्वयकारी भूमिकाको मूल्याङकन गर्दै प्रशंसा निशान प्रदान गरेको हो ।

२६१ औं सेना दिवसमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबाट सम्मानित हुन पाउँदा हर्ष र गौरव लागेको र भविष्यमा पनि विभिन्न सुरक्षा निकायको संस्थागत विकासको लागि आफूले सक्दो सहयोग गर्ने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्