१५ बैशाख २०८१, शनिबार

 

महिला हित संरक्षण समूहको अध्यक्षमा सन्तु खड्का चयन

बागलुङ । महिला हित संरक्षण समुह बागलुङको अध्यक्षमा सन्तु खड्का चयन हुनु भएको छ । सोमबार सम्पन्न १० औँ अधिवेशनबाट खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । समितिको उपाध्यक्ष सावित्री केसी, सचिव पम्फा किसान, कोषाध्यक्ष सुमन बाँँस्कोटा, सह सचिव सुनिता थापा खडका रहनु भएको छ ।

सदस्यहरुमा अम्बिका खडका, मिना बाँस्कोटा, कमला खडका, केश कुमारी खडका, तिल कुमारी राना, सुकमाया किसान, उमा शाक्य, गिता खडका, विद्या खडका, प्राणेश्वरि शाक्य, हेमा खडका, रेणु केसी रहनु भएको छ।

१० औँ अधिवेशनबाट सस्थाको संरक्षकहरुमा खड्ग कुमारी खड्का, लिला देवी खड्का, मन केसी, लक्ष्मी बाँस्कोटा रहनु भएको छ । सल्लाहकारहरुमा शकुन्तला शर्मा, मन्जु क्षत्री र ज्ञवाली रहनु भएको छ ।

२०५२ सालमा स्थापना भै महिलाहरुको नेतृत्व विकास र सामाजिक र आर्थिक गतिविधिहरु अघि बढाउदै आईरहेको सस्थाले जबसम्म महिला आर्थिक रुपले सबल बन्न सक्दैनन् तबसम्म महिलाको विकास हुन सक्दैन भन्ने निष्कर्षबाट २०५८ सालमा महिला हित सहकारी संस्थाको स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्