२८ बैशाख २०८१, शुक्रबार

 

निसीखोला दिगो विकास र प्रशासनिक सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छ : अध्यक्ष घर्ति मगर

बागलुङ। जिल्लाको निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०र०८१ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडिया प्रालीको सहजिकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सिमित स्रोत साधनको भरमा नागरिकलाई अधिकतम सेवा सुविधा उपलब्ध गराउने कुरामा गाउँपालिका केन्द्रित रहेको बताए ।

‘हाम्रो आफ्नै आन्तरिक स्रोत निकै कम छ,’उनले भने–‘निकै कम स्रोतमा पनि नागरिकलाई सहज सेवा प्रवाह गर्ने र अधित्तम उपलब्धी दिने प्रयास गाउँपालिकाले गरिरहेको छ ।’ स्रोत साधनको कमिले चाहे जस्तो काम गर्न नसके पनि भौगोलिक रुपमा विकट भएको निसीखोलाका हरेक क्षेत्रमा विकासका पूर्वाधार निर्माणमा केन्द्रित भएको उनले बताए ।

उनले सुशासन र पारदर्शितालाई ध्यान राखेर गाउँपालिकाले काम गरिरहेको बताए । गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले गाउँपालिका भित्र सञ्चालित योजनाहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिईरहेको बताए ।

‘जनताले चाहे जति सबै योजनाहरु एकै पटक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन’ उनले भने–‘सञ्चालनमा रहेको योजनाहरु बेलैमा सम्पन्न गर्ने र प्रभावकारी कार्यान्वयन गर्ने विषया हामीले ध्यान दिईरहेका छौँं ।’कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले आर्थिक वर्ष २०८०÷८१ को प्रगति विवरण सार्वजनिक गरेका थिए ।

सार्वजनिक सुनुवाईमा स्थानीय भोटुकुमारी चन्दले लक्षित वर्गका अन्तर्गत महिलाका लागि विनियोजित बजेट किन काटियो भनेर प्रश्न गरेकी थिईन् ।

हिराबहादुर पुनले उपभोक्ता समितिलाई डिजाईन स्टीमेट समयमा उपलब्ध नगराउने गरिएको गुनासो गरेका थिए । उनले आफूखुसी मोटरबाटो खन्ने र अपलत्र पार्ने काम धेरै भएको समेत बताए ।

हुमलाल रेग्मीले गाउँपालिका डाक्टरको व्यवस्था हुन नसकेको, बोहोरा गाउँ स्वास्थ्यचौकीमा कार्यालय सहयोगीको व्यवस्थापन नभएको, स्वास्थ्य इकाईहरुमा अनमी मात्रै राखिएको भन्दै उनले तत्काल अहेवको व्यवस्था गर्न माग गरे । पालिकास्तरीय अस्पताल खोला किनारमा किन बनाईयो र कहिले सञ्चालन हुन्छ भन्ने उनको प्रश्न थियो ।

थमबहादुर घर्तीले वडा कार्यालय निर्माण किन हुन सकेन रु स्वास्थ्य बिमा प्रभावकारी हुन सकेन, सूचनाको हक प्रयोग गरी मागिएको सूचनाहरु वडा कार्यालयले नदिएको गुनासो राखे । लिलाबहादुर बुढामगरले सत्ता र शक्तिको प्रयोग गरेर सार्वजनिक सम्पत्तीको अतिक्रमण गरिएको भन्दै रोक्ने दायित्व कसको हो भनि प्रश्न गरेका थिए ।

दिपकबहादुर चन्दले गाउँपालिकाले मापदण्ड अनुसारको सडक निर्माण नगरेको, सार्वजनिक जग्गा अतिक्रमण हुँदा रोक्ने काम नभएको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय मनबहादुर आचार्य, भूमिराज घर्तीमगर, पूर्णबहादुर खत्री, ओमहादुर पुन, भरत पुन, शिव विक, रुद्रप्रसाद पौडेल, अनुप बुढामगर मिलन हमाल लगायले सार्वजनिक चासोको विषयमा प्रश्न जिज्ञासा र सुझाव राखेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगर, उपाध्यक्ष प्रेमबहादुर घर्तीमगर, प्रमुख प्रशासकिय अधिकृत दिलीपकुमार चन्द, वडा नम्बर १ का वडाध्यक्ष चन्द्रसिंह राम्जाली र विषयत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

सार्वजनिक सुनवाईको नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गरेका थिए । पत्रकार संगम घर्तीमगरले नागरिक सन्तुष्टी सर्वेक्षण रिपोर्ट प्रस्तुत गरेको कार्यक्रममा सार्वजनिक सुनुवाई आचार संहिता बारेमा पत्रकार लोकेन्द्र सुनारले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार डम्मर बुढामगरले गरेका थिए ।

ईपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्