७ जेष्ठ २०८१, सोमबार

 

लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षविरुद्धको सुनुवाई स्थगित

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विरुद्धको सुनुवाई स्थगित भएको छ ।

शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा रहेको लागूऔषध (गाजा) सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

इजलास नम्बर ३ को १६ औं नम्बरमा रहेको सोही मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

गत २०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा ८० केजी गाँजासहित आफ्नै घरबाट घर्ती पक्राउ परेका थिए ।

पक्राउपछि ३ पुस ०७९ मा जिल्ला अदालत बागलुङले साढे तीन वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो । त्यस लगत्तै उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए ।

२०८० असोज २१ गते न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले घर्तीलाई तीन वर्ष छ महिना कैद र ५० हजार जरिवाना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्