बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौंकी अध्यक्ष रसुमिला श्रेष्ठले श्री सत्य साई केन्द्र बागलुङलाई कपडा सहयोग गरेकी छीन ।
श्री सत्य साई केन्द्र बागलुङका अध्यक्ष विजय श्याम राजभण्डारीलाई बागलुङ समाजकी अध्यक्ष श्रेष्ठले शनिबार कपडा हस्तान्तरण गर्नु भएकी हुन ।
सत्य साई केन्द्रलाई कपडाको सहयोग आवश्यक भएकोले मैले सहयोग गरेको श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।
श्रेष्ठले शिक्षा, स्वास्थ्य,मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।
यस अघि श्रेष्ठले विद्यामन्दिर पुस्तकालय, बागलुङ महिला समाज कल्याण केन्द्र, मानव सेवा आश्रम र सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई आर्थिक र भौतिक सहयोग गर्नु भएको थियो ।













































































































































































































