बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२४ र ०२५ का लागि निर्वाचित अध्यक्ष दुर्गा श्रीसलाई निवर्तमान अध्यक्ष धना सुनारले पद हस्तान्तरण गर्नु भएको थियो ।
वर्ष २०२४ र २५ का अध्यक्ष दुर्गा श्रीसले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा केही रचनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
श्रीसको नेतृत्वमा यस वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत व्यक्त गर्दै भावी योजना प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा निर्वतमान अध्यक्ष धना सुनार, डिष्ट्रिकको एओजि लक्ष्मी घर्ती श्रेष्ठ, उषा क्षेत्री, डिपार्टमेन्ट कोचिप दिपा कुमारी जिसी, सविता आचार्य, डिष्ट्रिक कोचिफ कविता बस्नेतले क्लबले नाम अनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा क्लबलाई अझ उचाइमा पु¥याउनु पर्ने भन्दै क्लबले गर्ने सामाजिक सेवाहरु प्रभावकारी हुने विश्वास व्यक्त गर्दै त्यस्ता नविनतम कार्यहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पहिलो चरणको कार्यक्रम लायन वर्ष २०२३ र २०२४ का धना सुनारको अध्यक्षता र सचिव दुर्गा श्रीसको संचालन तथा दोश्रो चरणको कार्यक्रम लायन वर्ष २०२४ र २०२५ का नवनिर्वाचित अध्यक्ष दुर्गा श्रीसको अध्यक्षता र सचिव सन्ध्या राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।














































































































































































































