बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पर्वत जिल्ला समितिको वैठक तथा तीजको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बैठकलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु सुदिप कुँवर, गगन थापा, राष्ट्रिय सभा सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य मन रुपा सुवेदी , अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य धन कुमारी शर्मा, फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
बैठक अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० पर्वतकी अध्यक्ष चन्द्रा शर्माको अध्यक्षता, कुश्मा नगर समितिका अध्यक्ष विनिता अधिकारीको स्वागत र नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य लिला दवाडीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































