४ श्रावण २०८३, सोमबार

 

महिला हित सहकारीद्वारा नारी शसक्तिकरणमा आध्यात्मिक जागरण विषयक अन्तरक्रिया सम्पन्न

बागलुङ । महिला हित बचत तथा ऋृण सहकारीको आयोजनामा महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शेयर सदस्यहरुको लागि १ दिने नारी शसक्तिकरणमा आध्यात्मिक जागरण विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद कुसुम बुढा मगर, ब्रहाकुमारि राजयोग विश्व विद्यालय बागलुङका प्रमुख संचालिका सावित्री दिदी, जयनारायण कौशल्या संस्कृत कन्या गुरुकुल पंचकोट बागलुङका संचालिका रङ्गनायकि गोदा देवी,

ओशो अमृतम ध्यान केन्द्र बागलुङका संचालिका मां आत्मो जोत्स्ना, महिला हित सहकारीका सल्लाहकार मन केसी, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले आध्यात्मिक जगतमा नारी शक्तिहरुको स्थान र महत्त्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम महिला हित बचत तथा ऋृण सहकारीका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, उपाध्यक्ष विद्या खडकाको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung