४ श्रावण २०८३, सोमबार

 

अनेमसंघ (क्रान्तिकारी) फलेवास नगर समितिको अध्यक्षमा रिमाल

बागलुङ । अखिल नेपाल महिल सघं (क्रान्तिकारी) फलेवास नगर समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले प्रतिक्षा रिमालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षहरुमा दुर्गा सुनार, कविता मल्ल कुँवर, अस्मिता अधिकारीलाई चयन भएकी छिन ।

साथै सचिवमा कमला पौडेल, कोषाध्यक्षमा मनिता विक र सहसचिव इन्दिरा शर्मा पौडेल रहेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन थापा , अखिल नेपाल महिला सघं (क्रान्तिकारी ) पर्वत जिल्ला अध्यक्ष चन्द्रा शर्मा, नेकपा माओवादी केन्द्र पर्वत जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त भुर्तेल , प्रदेश सदस्य प्रेम राना, फलेवास नगर पालिकाका नगर उपप्रमुख शोभा कुमारी क्षेत्री, नेकपा माओवादी केन्द्र कुश्मा नगर समितिका उपाध्यक्ष मिनराज अविरलले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अनेमसंघ क्रान्तिकारी फलेवास नगर समिति अध्यक्ष कुमारी नेपालको अध्यक्षता, स्वागत सचिव कमला पौडेल, सदस्य प्रभा राई र प्रतिक्षा रिमालले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा ९१ जना महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung