बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रथम गण्डकी प्रदेश सम्मेलनबाट बिहीबार गीता शाहीको (तनहुँ) अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
पोखरामा सम्पन्न सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षहरुमा फुलमाया पुन (बागलुङ) , शोभाकुमारी क्षेत्री (पर्वत) ,लिला विक (गोरखा),सचिवमा निर्मला सुवेदी, कोषाध्यक्षमा दिलकुमारी पुन (बागलुङ) सह-सचिव हेमकुमारी सुनार (नवलपुर) चयन भएकी छिन् ।
बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।
निर्वाचित नयाँ कार्यसमितिलाई अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष सुशिला सिंखडाले शपथ गराएकी हुन् ।
सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।














































































































































































































