४ श्रावण २०८३, सोमबार

 

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

बागलुङ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

ट्रम्पले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन भएको।

यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए ।ट्रम्प २०२० को चुनावमा डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।

ट्रम्पलाई निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक भएकोमा इलेक्टोरल भोट २७९ पुगेको छ । निर्वाचनको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung