बागलुङ । बागलुङ नगरपालिका-४ नं वडाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानको लागि सरोकारवालाबिच छलफल तथा अन्तरक्रिया आयोजना गरिएको छ ।
वडा कार्यालयले आइतबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गर्न सुरु गरेको वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्का, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, बालमैत्री नगर संयोजक तिलक आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।
बालमैत्री स्थानीय शासनयुक्त वडा निर्माणको लागि विद्यार्थी, शिक्षासेवी, प्रधानाध्यापक, शिक्षक, समाजसेवी, संघसंस्थाका प्रतिनिधि, विभिन्न जातिय संगठनहरु, महिला संगठनका प्रतिनिधिहरुले विभिन्न सुझावहरु दिएका थिए ।
बालमैत्री वातावरण निर्माणको लागि वडाका सबै विद्यालयहरुमा भौतिक सुधारको कार्य अगाडि बढेको वडा कार्यालयले जनाएको छ ।
आगामी मंसिर ६ बानपा ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी भएको छ । कार्यक्रम वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको अध्यक्षता, कार्यपालिका सदस्य तथा वालमैत्री फोकल पर्सन ज्योति केसी विष्टको स्वागत र सञ्चालन वडा सचिव नेत्र सापकोटाले गर्नु भएको थियो ।




















































































































































































































