बागलुङ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलिया र राष्ट्रिय सभा सदस्य विष्णु सापकोटालाई पालिकाको कार्यालयमा स्वागत तथा भेटवार्ता गर्नु भएको छ ।
बडिगाड गाउँपालिका र समग्र पश्चिम बागलुङको दिगो विकासमा पहल गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलियाले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य विष्णु सापकोटाले बडिगाड गाउँपालिकाको संस्थागत विकासमा आफ्नो सदैव साथ रहने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य थपलिया र राष्ट्रिय सभा सदस्य सापकोटालाई पालिकामा स्वागत गर्न र ग्रामीण विकासको बारेमा गहन छलफल गर्न पाउँदा खुशी लागेको बडिगाड गाउँपालिकाका अध्यक्ष अधिकारीको भनाई थियो ।
साथै यसभन्दा अगाडि पालिकाको कार्यालयमा अध्यक्ष अधिकारीले गण्डकी प्रदेशका सांसद गोविन्द नेपाली, नेकपा एमाले बागलुङका ईन्चार्ज मन केसी र नेकपा एमाले बागलुङका अध्यक्ष हिरा केसीलाई स्वागत तथा भेटवार्ता गर्नु भएको थियो ।



































































































































































































