४ श्रावण २०८३, सोमबार

 

बागलुङ नगरपालिकाले सबै वडामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गर्ने

बागलुङ । बागलुङ नगरपालिकाले सबै वडामा लैगिंक हिंसा बिरुद्धको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानलाई मंसिर १० गतेदेखि बागलुङ नगरपालिकामा १६ दिन नै विविध कार्यक्रम गरी संचालन गर्ने सरोकारवालाहरुको उपस्थितिमा निर्णय गरिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

वडा तहमा हुने कार्यक्रमको संयोजन लैंगिक हिंसा निगरानी समिति तथा वडा कार्यालयहरुले गर्ने छन् भने लैगिंक हिंसा सम्बन्धी वतृत्व कला प्रतियोगिताको संयोजन सामाजिक विकास कार्यालयले गर्नेछ ।

उल्लेखित कार्यक्रमहरुमा सबैको सहयोग तथा सहभागिताका लागि नगरपालिकाले सहजिकरण गरेको खड्काले जानकारी दिनुभयो ।

१६ दिने कार्यक्रमको शुभारम्भ मंसिर १० गते बिहान ७ ः ३० बजे बानपाको संयोजनमा बागलुङ बजारमा प्रभातफेरी गरिनेछ ।

यस्तै मंसिर ११ गते १ नं वडामा, १२ गते २ नं वडामा, १३ गते ३ नं वडामा, १४ गते ५ नं वडामा, १५ गते ४ नं वडामा, १६ गते ६ नं वडामा, १७ गते ७ नं वडामा, १८ गते ८ नं वडामा, १९ गते ९ नं वडामा, २० गते १० नंं वडामा, २१ गते ११ नं। वडामा, २२ गते १३ नं वडामा, २३ गते १३ नं वडामा, २४ गते १४ नं वडामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सञ्चालन गरिनेछ ।

र २५ गते नगरपालिकाको सभाहलमा हामी सवैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागि एक्यवद्धता विषयक अन्तर माध्यामिक तह वक्तृत्वकला प्रतियोगिता सहित समीक्षा तथा समापन कार्यक्रम हुने नगरपालिकाले जनाएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीप० को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।

त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको कयौ वर्ष भइसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोही अनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो ।

यो अभियानअन्तर्गत २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।

यस वर्ष अभियानको नारा हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागि एक्यवद्धता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung