
बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।बागलुङको काठेखोला गाउँपालिका-५ स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी दिइएको हो ।
विद्यार्थीलाई ट्राफिक नियम र त्यसलाई लागु गर्न ध्यान दिनु पर्ने कुरा सिकाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको हो ।
ग्रामीण भेगमा हुने सवारी दुर्घटना न्युनिकरणको लागि ग्रामीण क्षेत्रका विद्यालयहरुमा सचेतना कार्यक्रम संचालन गर्न सुरु गरिएको छ ।
सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले सहजिकरण गर्नु भएको थिथयो ।
निउरेले विद्यार्थीहरुलाई ट्राफिक दुर्घटनाका कारण र सामाधानका उपायहरु ,सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरू,जेब्रा क्रस र जेब्रा क्रस नभएको स्थानबाट बाटो काट्ने तरीका ,सडक पेटि भएको र नभएको सडकमा पैदल यात्रुले अपनाउनुपर्ने सावधानी तथा तरीका ,ट्राफिक संकेत चिन्नहरुको जानकारी, सडक रेखाहरुको बारेमा, सवारी साधन प्रयोग गर्दा यात्रुले अपनाउनु पर्ने सवधानीको विषयमा सहजिकरण गर्नु भएको थियो ।
यातायात व्यवस्था ऐन, २०४९ का बारेमा जानकारी गराउनुका साथै सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी विद्यार्थीलाई गराइएको छ ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र अमर माध्यमिक विद्यालयको सहकार्य आयोजना गरिएको थियो ।