३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिका-६ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

बागलुङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बागलुङ नगरपालिका-६ मा लैंगिक हिंसा न्युनिकारण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका अल्पकालिन महिला सेवा केन्द्र वडा स्तरिय निगरानी समिति बानपा ६ को आयोजनामा वार्डमा क्रियाशित विभिन्न संघसस्था, विद्यालय तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको यस कार्यक्रममा हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धताू भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध सचेतनाको सहजिकरण बानपा ५ मेलमिलाप समिति संयोजक कालिका सापकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा वार्ड अध्यक्ष रुद्रबहादुर केसी, कुलबहादुर कार्की, दिपा तिवारी, सिर्जना थापा र वालकृष्ण सापकोटाले मन्तव्य व्यक्त गर्नु गर्नु भएको थियो ।

कार्यक्रम लैंगिक हिंसा निगरानी समिति बानपा-६ की संयोजक शान्ता नेपालीको अध्यक्षता, लहरेपिपल स्वास्थ्य चौकी प्रमुख विष्णु नाथ सापकोटाको स्वागत र मेलमिलाप समिति बानपा-६ का संयोजक नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung