६ कार्तिक २०८३, बिहीबार

 

गलकोट नगरको सार्वजनिक सुनुवाई : शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउन नगरवासीको माग

गलकोट । गलकोट नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको कार्यालय र गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजना तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गलकोट नगरपालिका ३ हटियामा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुले कक्षा १२ पछि जेहेन्दार तथा विपन्न विद्यार्थीहरुको् पढाई खर्चको व्यवस्थापन गरेको छ कि छैन, प्रशासकिय भवन निर्माणको कार्यमा ढिलाई भएको, मध्यपहाडि लोकमार्ग अन्तर्गत गलकोटमा पर्ने भ्यु टावरदेखि गिरिङ्दीखोलासम्म स्तरोन्नतीमा ठेकेदार कम्पनीले लापरवाही भएको, गलकोट नगरपालिका स्वास्थ्य क्षेत्रमा गरेको योगदान गरेपनि भौतिक पुर्वाधार अझै थप गर्नुपर्ने, शिक्षामा गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको, विना योजना कृषि क्षेत्रमा लगानी भएको, नगदेवाली तथा खाद्यबालीको बजारीकरण राम्रो नभएको, युवा पलायन रोक्न उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्नुपर्ने, आन्तरीक आम्दानी बढाउन कस्ता खालका योजना निर्माण भएका छन्, अनुगमन गर्दा बजार केन्द्रित मात्र भएको, स्थलगत अनुगमन नगरी जग्गाको वर्गिकरण गर्दा जनताले सास्ती खेपेको, कर बढि उठाउने गरेको, नगरपालिकामा शव बाहन र ब्लड बैङ्कको आवश्यकता रहेको, सार्वजनिक जग्गा अतिक्रमण भएको, स्थानीय भाडादर कायम गर्नुपर्ने, नगर बसपार्क सञ्चालन गर्नुपर्ने, कृषि उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने, कृषि हाट बजार कार्यक्रम किन बन्द भयो, गलकोट नगरपालिका वडा नम्वर १० मा स्वास्थ्य अनुगमन सुनुवाई नभएको, दरमखोलामा माछा मार्ने, लाईसेन्स बनाउने, कर उठाउनको लागि मापदण्ड के छ, इसाई धर्मावलम्बी र मुस्लिम समुदायको कवरस्थान नभएको, शैक्षिक गुणस्तर कायम गर्नको लागि कस्तो कार्यक्रमहरु सञ्चालन गरेको छ, नयाँ संरचना बनाउँदा पुरानोलाई संरक्षण गर्नुपर्ने, गौदीखोलामा पक्की पुल निर्माण भएको धेरै वर्ष बितिसक्दा पनि पुल वारी र पारीको सडक कालोपत्रे नभएको, ट्राफिक चेकिङ प्रभावकारी बनाउनुपर्ने, हटिया बजारमा नालिको व्यवस्थापनमा गर्नुपर्ने लगायतका प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, गलकोट नगरपालिका-३ का वडा अध्यक्ष फमबहादुर खत्री, शिक्षा अधिकृत शिव खड्का, कृषि तथा पशु शाखा प्रमुख चिन्तामणी शर्मा, स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेल, ईन्जिनियर बलविक्रम दाहाल, हटिया प्रहरी चौकीका विजय नेपालीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान सचिव विजय रानाले टिप्पणी गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८१ र ०८२ को पहिलो चौमासिक अवधिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सामुदायिक रेडियो गलकोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत रामचन्द्र शर्माको स्वागत र स्टेशन प्रमुख जिवनकला खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

गलकोट एफएमबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung