पर्वत । जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा फलेवास नगरपालिकाका जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको छ ।
फलेवास नगरपालिकाले बिहीबार २४ जना जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्रीले नयाँ विश्वलाई बताउनुभयो ।
नगरपालिकाका ११ वटा वडाहरुको दुई दुई जना जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको हो ।
साथै आज पालिकाकै जेष्ठ एक जना पुरुष र एक जना महिलालाई नगद पाँच हजारसहित कम्मल वितरण गरिएको थियो ।
फलेवास नगरपालिका ४ की जेष्ठ आमा र ३ नं वडाका जेष्ठ बुबालाई उपमेयर शोभा कुमारी क्षेत्रीले कम्मल वितरण गरेकी थिइन् । कम्मल वितरणले जोडाबाट जोगिन जेष्ठ नागरिकहरुलाई राहत मिल्ने फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले बताउनुभयो ।



































































































































































































