६ कार्तिक २०८३, बिहीबार

 

बालमैत्री बागलुङ नगर घोषणालाई उत्सवको रुपमा मनाउदैछौं : नगर प्रमुख श्रेष्ठ

बागलुङ ।  बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणाको  अन्तिम तयारीमा पुरा भएको छ ।

नगरपालिकाले पत्रकार सम्मेलन गरेर बालमैत्री नगरको अन्तिम तयारीमा पुगेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले माघ ९ गते बुधवार बालमैत्री शासन युक्त नगर घोषणा गर्न लागिएको जानकारी दिदै आवश्यक तयारी करिव पुरा भएको र नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिँहको उपस्थितीमा घोषणा हुने बताउनुभयो ।

धौलागिरि बहुमुखी क्याम्पसमा हुने घोषणा कार्यक्रमका लागि प्रचार प्रसार, सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन लगाएतका तयारी करिव पुरा भएको उहाँले बताउनुभयो ।

करीव २५ हजारको उपस्थितिमा हुने कार्यक्रममा नागरिकको स्वास्थ्य परिक्षण, विभिन्न विद्यालयको शैक्षिक सामाग्री प्रदर्शन लगाएतका कार्यक्रम राखिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा विपद सम्वन्धी डेमो प्रदर्शन पनि गरिने जानकारी दिदै श्रेष्ठले बालमैत्री स्थानीय शासनका लागि आवश्यक सुचाँङ्क पुरा गरी अभियान स्वरुप पालिका भित्रका १४ वटै वडालाई बालमैत्री स्थानीय वडा घोषणा गरिसकिएको बताउनुभयो ।

घोषणाको दिन बागलुङ नगरपालिकामा सार्वजनिक विदा राखिएको र बजार क्षेत्रमा सवारी साधन निषेध गरिएको उहाँको भनाई थियो ।

न नै बनेको, हरेक बालबालिकाले नियमित खोप पाएको, बालमेत्री स्थानीय शासन अबलम्बनका लागि अभिभावक, शिक्षक, सामाजिक व्यक्तित्व, पेशागत क्षेत्र समेतमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जानकारी गराउनुभयो ।

यो अवधिमा बालमैत्री आचारसंहिता, बाल विवाह विरुद्दका सन्देश, निकृष्ठ बालश्रम विरुद्धका नारा समेत लेखेर टोलटोलमा लगिएको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक, संचारकर्मी र टोल विकास संस्थाका प्रतिनिधिलाई अभिमूखीकरण समेत गराइएको श्रेष्ठले जानकारी दिनुभयो ।

बालमैत्री शासन युक्त नगर बनाउनकै लागि नगरपालिकाले १५ वटा कानुन समेत बनाएको जनाइएको छ ।

त्यस बाहेक पञ्च वर्षे रणनीतिक योजना निर्माण भएको, सचेतनामूलक कार्यक्रमहरु नियमित चलेको, दिगो पनाकालागि साधन र श्रोतको व्यवस्थापन गरिएको, सबै विद्यालयमा बालमैत्री, छात्रछात्रा मैत्री शौचालय र खेलमैदान पनि निर्माण भएको समेत श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung