बागलुङ । बागलुङ नगरपालिकाको न्यायिक समितिले १४ वटै वडाहरुमा न्यायिक समितिको कामलाई प्रभावकारी र विश्वसनिय बनाउदै समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले न्यायिक संवाद, मेलमिलाप प्रवद्र्धन तथा विवाद दर्ता शिविर संचालन गरेको छ ।
बुधबारदेखि बानपा १४ र १३ बाट उक्त कार्यक्रम संचालन गरिएको छ ।
बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले न्यायिक समितिले गर्ने कार्यहरुलाई नगरका आमनागरिकहरुसम्म पुुर्याउन जरुरी देखेर अभियानका रुपमा यो कार्यक्रम शुरु गरिएको बताउनुु भयो
। कानुन सवै नागरिकहरुले थाहा पाउनुु पर्ने हुन्छ तर कैयौ घटनाहरु कानुनको अज्ञानताले घटेका छन भने घटना घटेपछी पनि पीडितले न्याय पाएका छैनन ।
कतिपय नागरिकलाई घटना कहाँ भन्ने हो समेत थाहा छैन । यस्तै पैसाको अभाव, झन्झट, भौगोलिक कठिनाइ, दवाव आदीका कारणले पनि नागरिकहरु सम्बन्धित निकायमा जान नसकेको पाइएकाले खुल्ला रुपमा कानुनी कुराहरुबारे छलफल गर्न लागिएको उप प्रमुख खड्काले बताउनुु भयो ।
न्यायिक समितिमा आउने निवेदनहरु तथा वडा मेलमिलाप केन्द्रहरुमा हुने मेलमिलापको प्रकृयालाई विधि संम्वत बनाउन पनि यो अभियानले मद्धत गर्ने खड्काको भनाई छ । अब न्यायिक समितिमा निवेदन दर्ता गर्न नगरपालिकामा धाई रहनुु पर्दैन, वडामा निवेदन दर्ता गर्न सकिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ ले न्यायिक समितिलाई निश्चित प्रकृतिको देवानी तथा व्यक्तिवादी प्रकृतिको फौजदारी विवादमा विवादको निरुपण तथा मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकार दिएको छ ।
यस विषयमा समुुदायमा जानकारी गराउने र विवाद देखिएका स्थानबाट निवेदन पनि दर्ता गर्ने उद्धेश्यले अभियान शुरु गरिएको उप प्रमुख खड्काले जानकारी दिनुु भयो ।
यो अभियानमा वडाका जनप्रतिनिधीहरु, वडा सचिव, वडामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरु, मेलमिलापकर्ताहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, टोल विकास सस्थाहरु, लैंगिक हिंसा निगरानी समितिका सदस्यहरु, समाजसेवीहरु, बाल सन्जालका प्रतिनिधि सहित सरोकारवालाहरुलाई सहभागी रहनुु भएको छ ।
१४ वटै वडाहरुमा अभियान सम्पन्न भए लगतै नगरपालिकाले आगामी फागुन ३ गते सम्पूर्ण मेलमिलापकर्ताहरुको नगर सम्मेलनको पनि आयोजना गर्दैछ ।



















































































































































































































