७ कार्तिक २०८३, शुक्रबार

 

माओवादीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला फागुन १० गते काठमाडौं गर्ने

बागलुङ। नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षिण उद्देश्यले राष्ट्रिय भेला आह्वान गरेको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई फागुण १० गते काठमाडौंमा पार्टीको नीतिअनुसार प्रशिक्षिण गर्न भेला बोलाइएको हो ।

भेलामा पालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने छ ।

स्थानीय तहबाट समाजवादउन्मुख वैकल्पिक अर्थनीति र समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको सचिव हितमान शाक्यले नयाँविश्वलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung