बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको १९औँ महाधिवेशनमा उम्मेदवार राजन कुमार शाक्यको प्यानलले १० वुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ ।
नीजि क्षेत्रको छाता संस्था बागलुङ उद्योग वाणिज्य संघको आगामी १५ र १६ गते हुने अधिवेशनमा प्यानल बनाई उम्मेदवारी दिएको शाक्यको प्यानलले व्यवसायीमाझ मत माग्दै १० वुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।
साझा प्रतिबद्धतामा स्थानीय रोजगारी सिर्जनाका लागि युवा उधमी सम्मेलन गर्ने, बागलुङको समृद्धिका लागि साझा परियोजना संकलन गरि संकल्प पत्र तयार गरी सरोकारवाला निकायसँग समन्वय एवं सहकार्य गर्ने, डिजिटल सचिवालय निर्माण र प्रभावकारी सञ्चार सम्पर्क प्रणालीको विकास, सचिवालयका कार्यसम्पादनलाई प्रभावकारी बनाउने, स्थानीय उत्पादन तथा सेवा, लघु उधम, महिला उधमीका उत्पादनको ब्रान्डिङ, बजारिकरण, सुपथ व्याज दरको बैकिङ सेवाहरुमा सहजिकरण गर्ने र प्रबर्द्धनका लागि कोसेली घर व्यवस्थापन र तालिमहरू सञ्चालन गर्ने, युवा र महिला उधमी विकास र समितिका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाईएको छ ।
त्यस्तै गरि पर्यटन प्रवद्धन, कला संस्कृति जगेर्ना गर्ने र बागलुङलाई व्यवसायीक गन्तव्यको रुपमा विकास गर्न सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने, बृहत् बागलुङ महोत्सवको आयोजना गर्ने उधमी व्यवसायीको व्यवसायिक तथा व्यक्तिगत क्षमता अभिवृद्धीका लागि विशेष कार्यक्रम गर्ने, जिल्लाका मुख्य बजार क्षेत्र र पालिकाहरूमा ईकाई विस्तार गरि विभिन्न कार्यहरू गर्ने र कर तथा भ्याट डिजिटल मार्केटिङ, वित्तिय साक्षरता सम्बन्धी सचेतना, परामर्श लगायतका सम्पूर्ण कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै वर्तमान अर्थतन्त्र सुस्थ भए्र बागलुङ बजारलाई आर्थिक बजारमा परेको असरलाई ध्यानमा राखेर आर्थिक, बैकिंक तथा वित्तीय समस्यामा परेका उद्यागी व्यवसायीहरुको हकमा सहजिकरण र समन्वय गरेर पुन उनीहरुलाई व्यापारमा फर्काउनको लागि दिगो पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
आर्थिक बजारमा उद्योग व्यवसाय गर्न आउने युवाहरुलाई उपयुक्त परामर्श दिने र उनीहरुको मनोबल उच्च हुने गरी व्यवसायीक वातावरण बनाउन पहल गर्ने अध्यक्षका उम्मेदवार राजन कुमार शाक्यले बताउनुभयो ।
साथै बागलुङ उद्योग वाणिज्य संघलाई सबै उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने र संस्थाबाट प्रदान गरिने सबै सेवाहरुलाई पारर्दशि, जवाफदेही र प्रभावकारी बनाइने शाक्यले बताउनुभयो ।













































































































































































































