
बागलुङ । लायन्स क्लब अफ बागलुङको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा नारायण प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन् ।
शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्ष भुपेन्द्र केसी, द्धितीय उपाध्यक्षमा तिलबहादुर खड्का , तृतीय उपाध्यक्षमा अमृत कँडेल , सचिवमा नारायण शर्मा र कोषाध्यक्षमा निरिन्जिवि श्रेष्ठ चयन भएका छन् ।
लायन्स क्लब अफ बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।