
बागलुङ । लायन्स क्लब अफ बागलुङ गलकोट सिटीको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा वीरजंग भण्डारी सर्वसम्मत चयन भएका छन् ।भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्ष वीरेन्द्र श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सन्तबहादुर भण्डारी , तृतीय उपाध्यक्षमा गोर्खबहादुर भण्डारी , सचिवमा दुर्गा शर्मा र कोषाध्यक्षमा भगवान केसी चयन भएका छन् ।
लायन्स क्लब अफ बागलुङ गलकोट सिटी सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।