बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला समन्वय समिति, ताराखोला गाउँसमिति, ताराखोला गाउँपालिका-३ वडा समिति, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको संयुक्त आयोजनामा ताराखोला गाउँपालिका-३ हिल काक्राखोरका वडा अध्यक्ष कर्णबहादुर भण्डारीको स्मृतिम श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
वडा अध्यक्ष भण्डारी प्रति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज चन्द्रबहादुर बुढा सागर, वैकल्पिक केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरे, वैकल्पिक केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमाल, गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल, ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्मा, नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष गंगाबहादुर भुजेलले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
कार्यक्रम ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



































































































































































































