३० बैशाख २०८२, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको अध्यक्षमा दिनेश अधिकारी, सचिवमा शिवबहादुर भण्डारी

बागलुङ । लायन्स क्लब अफ बागलुङ प्रोफेसनलको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा दिनेश अधिकारी सर्वसम्मत चयन भएका छन् ।

शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्ष विक्रम शर्मा, द्धितीय उपाध्यक्षमा चन्द्र खड्का , तृतीय उपाध्यक्षमा भुमिराज शर्मा , सचिवमा शिवबहादुर भण्डारी र कोषाध्यक्षमा दिलबहादुर कार्की चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई जोन चियर पर्सन प्रेम केसी, रिजन चियर पर्सन नारायण आचार्य र डिष्ट्रिक कोडिनेटर दुर्गा कुँवर ,  लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष बालकृष्ण सापकोटाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung