बागलुङ। माछापुच्छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ।
बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो।
इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी मनोनयनहरू भएका थिए।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ्ग क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिन्छ।







































































































































































































