गलकोट । गलकोट नगरपालिका वडा नम्वर ७ ले शिक्षकहरुलाई झोला वितरण गरिएको छ । गलकोट नगरपालिका ७ नंम्बर वडा कार्यालयको आर्थिक सहयोग र वडा शिक्षा समिति गलकोट नगरपालिका-७ को समन्वयमा शिक्षकलाई झोला वितरण गरिएको हो ।
गलकोट नगरपालिका-७ का सामुदायिक विद्यालयहरु दिपज्योती आधारभूत विद्यालय, जनहित माध्यमिक विद्यालय, प्रगति आधारभूत विद्यालय, सिरबारे आधारभूत विद्यालय, नेटा आधारभूत विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई झोला वितरण गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो।
शिक्षकहरुलाई शिक्षण सिकाई क्रियाकलापमा थप उत्साह र प्रेरणा थप्ने उद्देश्यले झोला वितरण गरिएको गलकोट नगरपालिका ७ का वडा सदस्य नरबहादुर थापा मगरले बताउनुभयो।













































































































































































































