३ श्रावण २०८३, आईतवार

 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फलेवास नगर समितिको बैठक सम्पन्न

बागलुङ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फलेवास नगर समितिको बैठक शनिबार फलेवास नगरपालिका-५ नेकपा माओवादी केन्द्र फलेवास नगर समितिको पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशकी उपाध्यक्ष तथा फलेवास नगरपालिकाकी उपमेयर शोभा क्षेत्रीले महिला मुक्तिको लागि महिलाले आर्थिक, सामाजिक र राजैनीतिक आन्दोलनमा भाग लिनु पर्ने बताइन् । नेकपा माओवादी केन्द्र फलेवास नगर समिति वडा नं १० का वडा वडा अध्यक्ष हरि प्रसाद उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकले अखिल नेपाल महिला संघ क्रान्तिकारीको सदस्यता भदौ १० गतेसम्म वितरण गर्ने, अखिल नेपाल महिला संघको  खाता राष्ट्रिय वाणिज्य बैंकको फलेवास शाखामा खोल्ने, तिज विशेष कार्यक्रम भव्य रुपमा मनाउने र अखिल नेपाल महिला संघ क्रान्तिकारीको महाधिवेशनका लागि दुई जना प्रतिनिधि छनौट गरिएको छ ।

बैठक अखिल नेपाल महिला संघ (क्रान्तिकारी) फलेवास नगर समितिकी अध्यक्ष प्रतिक्षा शर्मा रिमाल र सचिव प्रभा राईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung