बागलुङ । जलजला गाउँपालिकाले जलजला गाउँपालिका–६ सालिजा, तारे निवासी श्यामबहादुर मगरलाई ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र आइतबार प्रदान गरिएको छ।
मगर विगत एक वर्षदेखि पक्षघातको रोगबाट पीडित थिए । शरीरको एक भाग पूर्णरूपमा निष्क्रिय भएको कारण उहाँ डो-याएर मात्रै हिँड्न सक्ने अवस्थामा रहेकोले गाउँपालिकाले मगरलाई अपाङ्गता परिचयपत्र प्रदान गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो।
मगरको स्वास्थ्य अवस्था बुझ्नका लागि जलजला गाउँपालिका अपाङ्ग समन्वय समितिको टोलीद्धारा चिकित्सकसहित उहाँको घरमै पुगेको थियो । साथै टोलिले स्थलगत निरीक्षण गरेको र उक्त परिचयपत्रले सबै खालको सरकारी सेवा सुविधा लिन सहज हुने गाउँपालिकाले जनाएको छ ।
यस कार्यले स्थानीय अपाङ्गता भएको व्यक्तिहरूको पहिचान, मूल्यांकन र अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाएको र पालिका भित्रका सबै अपाङ्गता भएको व्यक्तिलाई पहिचान गरी परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको उपाध्याक्ष आचार्यले नयाँ विश्वलाई बताउनुभयो ।














































































































































































































