३ श्रावण २०८३, आईतवार

 

सामुदायिक रेडियो गलकोटको स्टेशन प्रमुखमा शर्मिला रोका मगर, सरिता खत्रीको बिदाइ

बागलुङ । सामुदायिक रेडियो गलकोटको स्टेशन प्रमुखमा शर्मिला रोका मगर नियुक्त भएकी छिन् । गत साउन १४ गते बसेको रेडियोको व्यवस्थापन समितिको बैठकले मगरलाई स्टेशन प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

विहीबार रेडियोका अध्यक्ष वीरेन्द्र श्रेष्ठले मगरलाई नियुक्त पत्र प्रदान गर्नु भएको थियो । ताराखोला गाउँपालिका-५ धश्मर गाउँमा २०५९ सालमा जन्मिएकी मगर विगत छ वर्षदेखि रेडियोमा क्रियाशिल छिन् ।

यस अघि रेडियोको स्टेशन प्रमुखमा सरिता खत्रीले १२ वर्ष कुशलता पूर्वक जिम्मेवारी सम्हालेकी थिइन् । यसैबीच सामुदायिक रेडियो गलकोटले निवर्तमान स्टेशन प्रमुख खत्रीलाई बिदाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung