३ श्रावण २०८३, आईतवार

 

नाग्लिवाङ सेवा समाज काठमाडौंद्वारा हरितालिका तीजको दर खाने कार्यक्रम सम्पन्न

बागलुङ । नाग्लिवाङ सेवा समाज काठमाडौले नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार पर्वत, नाग्लिवाङबाट काठमाडौ बसोबास गर्दै आउनु भएका नाग्लिवाङेलाई एकतावद्ध बनाएर लैजाने उद्धेश्यले दर खाने कार्यक्रम आयोजना गरिएको नाग्लिबाङ सेवा समाज काठमाडौंका अध्यक्ष भोजबहादुर केसीले बताउनुभयो ।

दर खाने कार्यक्रमले नारीहरुबिच दुख सुख साटासाट गर्नुका साथै विभिन्न विषयमा सहकार्य गर्न उहाँहरुलाई एउटा मञ्च उपलब्ध हुने आयोजकले जनाएको छ ।

कार्यक्रम नाग्लिबाङ सेवा समाज काठमाडौंका अध्यक्ष भोजबहादुर केसीको अध्यक्षता, समाजकी उपाध्यक्ष रेनु केसीको संयोजन र समाजका सचिव कृष्ण केसी र शोभा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा २०८२ मा एसइई भन्दा माथिका विभिन्न तहमा उत्र्तिण भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung