बागलुङ । नेपाली काङ्ग्रेस बागलुङ नगरपालिका-१४ वडा कार्यसमितिको आयोजनामा नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रमले महिलाबिच दुख, सुख साटासाट गर्नुका साथै विभिन्न विषयमा सहकार्य गर्न उहाँहरुलाई एउटा मञ्च उपलब्ध हुने गण्डकी प्रदेशका सांसद डिल्ली राम सुवेदीे बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कल्पना हमाल पाठक, बागलुङ नगरपालिका-१३ वडा अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल, बागलुङ नगरपालिका-१४ वडा अध्यक्ष चक्रबहादुर केसी, नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य नारायण श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए
। कार्यक्रममा नेपाली काङ्ग्रेस बागलुङ नगरपालिका-१४ वडा कार्यसमितिका सभापति हरिकुमार श्रेष्को अध्यक्षता, उपसभापति सुरेन्द्र थापाको स्वागत र सचिव ओमकार सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































