बागलुङ । बागलुङ नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मालाई स्वागत गरिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय शर्मालाई मंगलबार बागलुङ नगरपालिकामा स्वागत गरिएको हो ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत गर्दै बागलुङ नगरको प्रशासनिक र सेवा प्रवाहमा सुधार गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बागलुङ नगरको संस्थागत विकासमा शर्माले कर्तव्यनिष्ठ भएर लाग्ने बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो ।
नगर नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी र सबै सरोकारवालासँग सहकार्य गरेर आफूले कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का र नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठको अध्यक्षता तथा प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































