बागलुङ । आर्थिक वर्ष २०७९ र ८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षणमा नगरपालिका र गाउँपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिका प्रथम भएका छन्।९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ ।
शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई सम्मान गर्नुभयो ।आर्थिक पारदर्शिता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दैआएको नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाले ९२.५० र बेनिघाट रोराङ गाउँपालिकाले ८७.२५ अंक प्राप्त गरेका मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चात सार्वजनिक गरेको प्रतिवेदनमा धादिङका नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिका प्रथम भएका हुन् ।
साथै नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका द्वितीय र तृतीय भएका छन्। यस्तै गाउँपलिकातर्फ गुल्मीको रुरुक्षेत्र गाउँपालिका, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका उत्कृष्ट तीनभित्र पर्न सफल भएका छन्।
सरकारले आर्थिक वर्ष २०७६ र ०७७ देखि स्थानीय तहको संस्थागत स्वमूल्यांकन सुरु गरेर पुरस्कृत गर्दै आएको छ ।














































































































































































































