४ श्रावण २०८३, सोमबार

 

बागलुङमा जिल्लास्तरीय समीक्षा सुरु

बागलुङ । बागलुङमा जिल्लास्तरीय समीक्षा शुरु भएको छ । समीक्षा कार्यक्रमको पूर्व शिक्षमन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बागलुङका पुराना योजनामा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले रुग्ण आयोजनाका कारण बागलुङ जिल्ला विकासमा पछि परेको बताउनुभएको छ ।

बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पौडेलले जिल्ला समन्वय समितिको आयोजनामा भएको वार्षिक समिक्षा कार्यक्रममा मध्यपहाडी लोकमार्गको विषयमा एक दर्जन पटक संसदमा आवाज उठाउदा समेत सुनुवाई नभएको बताउनुभयो ।

उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्ग, कुश्मिसेरा–राङ्खानी सडक, सालझण्डी–ढोरपाटन सडक र करिडोरको बलेवा मालढुङ्गा सडक समयमै नसकिदा नागरिकले सास्ती खेप्न परेको बताउनुभयो । जिल्लामा आएको बजेट कार्यान्वयमा स्थानीय पालिका र कर्मचारीले ध्यान दिन आवश्यक रहेको पौडेलले बताउनुभयो ।

जिल्ला स्थित सरकारी कार्यालय, गैरसरकारी कार्यालय, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी ढोरपाटनको प्रगतिको विषयमा समिक्षा गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सदस्यहरु दिपेन्द्र बहादुर थापा, कुशुम बुढा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बागललुङ नगरपालिकाका नगरप्रमुख बसन्तक कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ सहित १० वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रतिनिधि, जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्था तथा राष्ट्रिय गौरवका आयोजनाको विषयमा प्रतिनिधिहरुले गत आर्थिक वर्षको प्रगति पेश गर्न थालिएको छ । समिक्षा कार्यक्रम १८ गते सम्म चल्ने जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung