बागलुङ । बागलुङ नगरपालिका १२ वडा कार्यालय तोडफोड भएको छ । जेनजी आन्दोलनकारी युवाहरुले आज विहान अमलाचौरस्थित वडा कार्यालय तोडफोड गरेको छ ।
यस संम्बन्धमा वडा अध्यक्ष कोपिलामणी शर्मासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । वडा कार्यालयले फेसबुक मार्फत सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी गराएको छ ।













































































































































































































